Tuesday, June 9News That Matters

टिपरको ठक्करबाट घटनास्थलमै २ को मृत्यु

पूर्णपुष्टि,माघ १२ 

महोत्तरीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । औरही नगरपालिका–४ कठुवारका मोटरसाइकल चालक १९ वर्षीय प्रमोद राम र पछाडि सवार १३ वर्षीय बालक गुडु नदाफको मृत्यु भएको हो ।

कठुवारमा आज बिहान ना ८ ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राम र पछाडि सवार १३ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयहरुले टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।