
पूर्णपुष्टि,पुष २१
झापाको कन्काई नगरपालिका–५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । चालक झापा गाउँपालिका–३ का १९ बर्षीय सागर लिम्बुको घटनास्थलमा नै मृत्यु हो ।
सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
