Friday, May 22News That Matters

टी–२० क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्डको जित

पूर्णपुष्टि, भदौ २२

अष्ट्रेलियासँगको टी–२० क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्डले जित हात पारेको छ । गतराति भएको दोस्रो खेलमा ६ विकेटले जित हात पारेको हो ।
साउथह्याम्टनमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट बनाएर एक सय ५७ रन बनाएको थियो ।

३ रन बनाउँदा २ विकेट गुमाएको अष्ट्रेलियाले निकै खराब सुरुवात गरेको थियो । तर एरोन फिन्चको ४० र मार्कुस स्टोनिसको ३५ रन मद्दतमा एक सय ५७ रनको मध्यम स्कोर बनाएको थियो ।

तर एक सय ५८ रनको लक्ष्य इंल्याण्डले चार विकेट गुमाएर ७ बल अघि नै भेटायो । जोस बटलरले नटआउट ७७ रन बनाए । पहिलो खेल इंल्याण्डले दुई रनले जितेको थियो ।