Wednesday, May 27News That Matters

टी–२० वरीयतामा नेपाल ३ स्थान तल

पूर्णपुष्टि, फागुन २० गते । 

नेपाल टी–२० वरीयतामा तीन स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा पुगेको हो ।

यसअघि नेपाल १२ औँ स्थानमा रहेको थियो । लगातार हार व्यार्होनाले नेपालको वरीयतामा तल झरेको हो ।  नेपालले पछिल्लो पटक खेलेका खेलमा निराशाजनक नतिजा हात पार्दै आएको छ । नेपालको टी(२० वरीयतामा उच्च स्थान ११ औँ हो ।

एसोसियट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्याण्ड १२ औँ र यूएई १४ औँ स्थानमा रहेको छ । नेपाल एकदिवसीय वरीयतामा भने १६ औँ स्थानमा रहेको छ ।