पूर्णपुष्टि, मंसिर २०
नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले अब टेलर व्यवसायीहरुले एनआईसी एसिया बंँकबाट ऋण पाउने जनाएको छ । पछिल्लो समय बैँकहरुले ऋण दिन छाडेपछि व्यवसायी लगायत फर्महरु समेत मारमा परेका थिए । यसै समस्यालाई मध्यनजर गर्दै संघले भने टेलरव्यवसायीहरुलाई सहजताका निम्ती एनआईसी एसिया बैँक सित ऋण लिने सम्झौता गरेको छ । मंगलबार गाईघाट स्थित जिल्ला कमिटीहरु सँगको भेटघाटमा अध्यक्ष श्रेष्ठले अब टेलर व्यवसायीहरुले ऋणका लागि बिभिन्न बैँकहरु धाईरहनु नपर्ने जनाए । ऋणको समस्यामा व्यवसायलाई परेको अवसरलाई सहज गर्न केन्द्रीय समतिले उक्त बैँक सित सम्झौता गरेको जनाए । त्यस सम्झौताको कार्यान्वयन अब तत्कालै सुरु हुने समेत श्रेष्ले बताए । उदयपुरको बिभिन्न पालिकाहरुमा सिलाई कटाई व्यवसायीहरुलाई एकबद्धता स्वरुप समिति गठनका क्रममा उदयपुर आएका श्रेष्ठले यस व्यवसायमा अब हौसियर लाग्न समेत आग्रह गरे । श्रेष्ठ कटारी नगरकमिटीको अन्तरक्रिया छलफल सँगै रौतामाई गाउँपालिकाको पालिका कमिटी गठनको निम्ती उदयपुर आएका थिए । सोहि सिलसिलामा जिल्ला कार्यासमिति उदयपुरकी अध्यक्ष ज्ञानु प्रधान सहितका कार्यसमितिले गाईघाट स्थित संघको कार्यालयमा भेटघाट कार्यक्रम राखेका थिए ।
संघले रौतामाईमा कार्यसमिति गठन गर्यो
नेपाल कपडा तथा सिलाई व्यवसायी संघले रौतामाई गाउँपालिकामा पनि कमिटी गठन गरेको छ । त्यहाँका सिलाई कटाई व्यवसायीहरुलाई एकजुट र मजवुद बनाउने भन्दै कमिटी गठन गरिएको हो । उक्त कमिटीमा ९ जनाको कार्यसमिती बनेको छ । निा मगर अध्यक्ष, राजन परियार उपाध्यक्ष, पवित्रा कुमारी मगर सचिव, सपना मगर कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा सुष्मा मगर, मन्दिरा मगर पवित्रा मगर, दल बहादुर मगर र राम बहादुर मगर रहेका छन् । केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आथित्यता र जिल्ला अध्यक्ष ज्ञानु प्रधानको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । संघले जिल्लामा रहेको कटारी नगरपालिका र रौतामाई गाउँपालिकामा कमिटी गरिसकेको र अन्यमा गठन कार्य जारी रहेको जिल्लाले जनाएको छ ।

