
पूर्णपुष्टि, चैत ६ ।
संखुवासभाको चैनपुर–११ गहते स्थित कोशी राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् । ट्याक्टर मालिक चैनपुर–३ पोखरीका हेमन्त राईको मृत्यु भएको हो । सोही स्थानका २४ वर्षीय चालक बिनाहाँङ लिम्बु भने घाईते भएका हुन् ।
शनिबार दिउसो १२ बजे चैनपुरबाट खाँदबारी तर्फ आउदै गरेको को २ त ४२९४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि ७ मिटर तल झरेको थियो । दुर्घटनामा चालक लिम्बु र मालिक राई घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा राईको साढे १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
