
पूर्णपुष्टि, चैत १३ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–८ का २८ बर्षीय रुपेश राई रहेका छन् । हिजो बेलुका ६ बजे सोहि स्थानको भित्री सडक खण्डमा दाउरा लिएर दक्षिणतर्फ आउदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रीत भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको थियो । सो दुर्घटनामा राईको मृत्यु भएको हो भने तीन जना जिल्ला अस्पताल ताप्लेजुङमा उपचारार्थ छन् । घटनाबारे जानकारी पाएलगतै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।
