
पूर्णपुष्टि, मंसिर ३
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको फङलिङ नगरपालिका–८ बाहनन्दे मेची लोकमार्गमा झापाबाट ताप्लेजुङ तर्फ आउदै गरेको वानटेस ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी ३० मिटर तल झरी दुर्घटना हुँदा चालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा ट्याक्टर चालक मोरङ मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाका २७ वर्षीय पुष्प बि.क. रहेका छन् ।
हिजो बेलुका साढे ६ बजे भएको दुर्घटनाबाट गम्भिर घाईते भएका बि.क.को उपचारको लागी बिर्तामोड ल्याउने क्रममा बाटैमै ज्यान गएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
