
पूर्णपुष्टि, माघ ६
ताप्लेजुङको मेरिङदिन गाउँपालिका–३ मा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । मेरिङदिन गाउँपालिका–१ का ४५ वर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै ज्यान गएको हो ।
ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १ सया ५० मिटर तल खसेर दुर्घटना भएको थियो । सोही ट्याक्टरमा सवार च्याम्जुको दुघटनमा ज्यान गएको छ, भने ट्याक्टरका चालक र सह–चालक घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

