
भोजपुर, फाल्गुन २१ गते ।
भोजपुरमा ट्याक्टर दुर्घटना हुदा सह–चालकको मृत्यु भएको छ । पौवादुम्मा–२ मा ट्याक्टर दुर्घटना हुदा पौवादुम्मा–१ निबासी २६ बर्षीय जनक भुजेलको मृत्यु भएको हो ।
मध्य पहाडी लोकमार्ग अन्र्तगत पौवादुम्मा–२ मा किराना सामान अनलोट गरी श्यामसिलाबाट तिवारीभञ्याङ तर्फ फर्कदै गरेको को २ त ५९१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना हुदा सह–चालक भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाईते भएका भुजेलको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक भोजपुर अरुण गाउँपालिका–६ निबासी २५ बर्षीय महेन्द्र बिक घाईते भएकाले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
