
उदयपुर, पुस ४ गते ।
गाईघाटको बरुवा नयाँ बस पार्कमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–१३ को बरुवा नयाँ बस पर्क छेउमा ट्याक्टरबाल लडेर प्रदेश अलिन्याको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मुकुर्चीबाट ढुङ्गा लिएर आएको स १ त ६८०० नम्बरको ट्याक्टरबाट लडेपछि पछाडिको टायरले किचेर सह–चालक त्रिनपा–६ जल्लजले निबासी अन्दाजी १६ वर्षीय अलिन्याको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
