Wednesday, May 27News That Matters

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

पाँचथर, माघ १४ गते ।

पाँचथरको हिलिहाङमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–३ गोपेटारमा गतराती करिब पौने ७ बजे ट्याक्टरबाट लडेर शिवलाल काङ्वाङको मृत्यु भएको हो ।

कालापानीबाट गोपेटार तर्फ आउँदै गरेको मे १ त ३३१४ नम्बरको ट्याक्टरमा सवार याङवरक गाउँपालिका–४ निबासी ४३ वर्षीय काङवाङ ट्याक्टरबाट लडेर घाईते भएको थियो । उनको उपचारको क्रममा पाथिभरा अस्पताल फिदिममा राती करिब १ बजे मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।