Tuesday, June 30News That Matters

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

मोरङ, जेष्ठ १२ गते ।

मोरङको कानेपोखरीमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–५ मा ट्याक्टरबाट लडेर प्रविण राईको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्र्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २ त २४५९ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय २७ बर्षीय राई आज बिहान सवा ९ बजे अचानक ट्याक्टरबाट लडेर घाईते भएको थियो । घाईते भएका राईलाई उपचारको लागी मंगलवारे अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।