Sunday, June 28News That Matters

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

भोजपुर, फागुन–२२

भोजपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । रामप्रसादराई गाऊपालिका–४ का ५१ बर्षीय ईन्द्रबहादुर राईको ट्याक्टरबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार साझ पौने ६ बजे को २ त ९६६७ नम्बरको ट्याक्टरबाट लडेर घाईते भएका राईको आज दिउसो सभा १ बजे नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

ट्याक्टर र चालक रुपन्देही सैनामैना बस्ने सागर गुरुङ नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।