पूर्णपुष्टि, भदौ २१
पाँचथर मिक्लाजुङ गाऊपालिका २ लक्ष्मीचौकमा ट्याक्टरले किचेर सह(चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिकाको लक्ष्मीचौकका २९ बर्षीय अविशेक आङदम्वे रहेका छन । हिजो दिनको सँवा ३ बजे लसुने खोलाबाट ढुंगा लोड गरी आउदै प्रदेश नम्वर १(०१(००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा सोही ट्यक्टरका सहचालक रहेका अविशेक ओर्लदा पछाडीको चक्काले किचेर गम्भिर घाईते भएको थियो । घाईते आङदम्वेको उपचारको लागी आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको थियो । ट्याक्टर र चालक सोही स्थानका २८ बर्षीय आईतहाङ आङदेम्वे ईलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा रहेको छ । घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

