Wednesday, May 27News That Matters

ट्याक्टरले किचेर लिङ्देनको मृत्यु

झापा, चैत्र ४ गते ।

झापाको हल्दिबारीमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । हल्दिबारी–१ निबासी १६ बर्षीय बिनोद लिङ्देनको ट्याक्टरले किचेर मृत्यु भएको हो ।

बिर्तामोड–१० शिवालय साईरन चोक स्थित भित्री सडक खण्डमा गोलधापबाट बिर्तामोड तर्फ आउदै गरेको प्र–१–०१–००१ त ८२९९ नम्बरको ईटा बोकेको ट्याक्टरमा सवार रहेका कामदार लिङ्देन दिउँसो पौने ३ बजे एक्कासी लड्दा सोही ट्याक्टरले किचेर घाइते भएको प्रहरीले नजाएको छ ।

ट्याक्टरले किचेर घाईते भएका लिङ्देनको बि.एण्ड सि. अस्पताल बिर्तामोडमा उपचारको क्रममा दिउँसो पौने ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । ट्याक्टर र चालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।