
पूर्णपुष्टि, बैशाख १९
मोरङको कानेपोखरी गाउँपालिका–७ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । मृत्यु हुनमा बिराटनगर महानगरपालिका–१६ का रुपक श्रेष्ठ रहेका छन् ।
आईतवार साँझ साँढे ६ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४९ प ८९७१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा चालक घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
