Saturday, June 13News That Matters

ट्रयाक्टरले किचेर चालकको मृत्यु

पूर्णपुष्टि, असोज २३ गते ।
मोरङको कटहरी गाउँपालिका–७ लोहन्द्र खोलामा ट्याक्टरको ईन्जिनले किचेर चालकको मृत्यु भएको छ । शनिवार दिउँसो को १ त १२३४ नम्बरको ट्र्याक्टरमा बालुवा लिई फर्कने क्रममा ईन्जिनको भाग माथी तर्फ ऊठेर स्थानीय ३२ बर्षीय बरुण सरदारचालकलाई किच्दा उनी घाईते भएका थिए । घाईते सरदारको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।