Saturday, May 16News That Matters

ट्राफिक प्रहरी कुट्ने ६ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, भदौ २२

ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
गत बिहीबार पुल्चोकमा रथ तान्ने विषयमा प्रहरी र स्थानीय युवाबीच झडप भएको थियो । त्यसैबेला ड्युटीमा जान हिँडेका ट्राफिक प्रहरी कमल घिमिरेलाई एक्लै पारेर युवाको समूहले कुटपिट गरेको थियो ।

कुटपिटको आरोपमा पक्राउ परेका १७ जनामध्ये ६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रहरीले जनाएको छ । पाँच जनाको रिपोर्ट आएको बाँकी रहेको जनाईएको छ ।

पक्राउ परेका सबैलाई क्वरेण्टीनमा राखिएको प्रहरीले जनाएको छ । रथ तान्ने दिन खटिएका प्रहरी र पक्राउ परेका युवा गरी अहिलेसम्म १८ जनामा कोरोना पुष्टि भईसकेको  जनाईएको छ ।