
पुर्णपुष्टि, चैत २ गते ।
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेको छ । आवश्यक कागपत्र बिना मोटरसाइकल चलाइरहेका प्रेमनाथ सेढाईंले चार हजार रुपैयाँ घुस दिन खोजेपछि पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
दरबार मार्गमा ड्युटीमा खटिएका प्रहरीले बा २८ प ४०४२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक सेढाईंले प्रहरीलाई घुस दिन खोजेको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि सवारी साधनसहित सेढाईंलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाएको प्रहरीले जनाएको छ ।
