
पूर्णपुष्टि, भदौ २६
क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले हात पारेको छ ।
गतराति भएको फाइनल खेलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले लगातार चौथो पटक सीपीएलको उपाधि हात पारेको हो ।
ब्रायन लारा स्डेडियममा पहिले ब्याटिङ गरेको लुसिया १९ ओभर एक बलमा एक सय ५४ रनमा अलआउट भएको थियो ।
लुसियालाई मध्यम स्कोरमा रोक्न नाइट राइडर्सका कायरन पोलार्डले चार विकेट लिए । एक सय ५५ रनको लक्ष्य नाइट राइडर्सले ११ बल बाँकी छँदै मात्रै दुई विकेट गुमाएर भेट्टायो ।
उसका लागि लेन्डी सिमोन्सले नटआउट ८४ र डारेन ब्राभोले ५८ रन बनाए ।

