Sunday, June 21News That Matters

ठाकुर र महत्तो सहित ४ जसपा नेता पार्टीबाट निष्कासित

पूर्णपुष्टि, जेष्ठ १८

जसपामा विवादित रहेका नेताहरु बिच पार्टीबाट निष्कासनको कार्य सुरु भएको छ । जसपा समूहका अर्का पक्षका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महत्तो सहित ४ नेतालाई अर्का पक्षका अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीबाट निष्कासित गरी कार्वाही गरेको छ ।

मंगलबार बसेको कार्यकारिणी बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टी सदस्यबाट निष्कासन गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।