
पूर्णपुष्टि असोज १०
डाक्टर गोविन्द केसीका माग पूरा गराउन दबाब दिँदै काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका युवाहरु पक्राउ परेका छन् ।
डाक्टर केसी अनशन बसेको १३ औं दिन भइसक्दा पनि माग पूरा गराउन सरकारले कुनै पहल नगरेको भन्दै प्रदर्शन गर्न पुगेका थिए ।
पक्राउ परेका १७ जना युवालाई भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा राखिएको छ । देशमा भ्रष्टाचार बढेको, कोरोना नियन्त्रणमा सरकार असफल भएको, सरकारको आलोचना गर्नेलाई विभिन्न बहानामा दुःख दिने गरेको लगायत विषयमा उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।

