Friday, April 17News That Matters

डाक्टर गोविन्द केसीको समर्थनमा आवासीय डाक्टरको आन्दोलन

पूर्णपुष्टि, असोज १८

स्वास्थ्य सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसनमा बस्दै आएका डाक्टर गोविन्द केसीको समर्थनमा आवासीय डाक्टरहरुले आन्दोलन सुरु गरेका छन् ।
डाक्टर केसीको समर्थनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टर आन्दोलनमा उत्रिएका हुन् ।

दैनिक दुई घण्टा आकस्मिक र कोरोनाको उपचारबाहेक सेवा ठप्प पार्ने बताएका छन् । डाक्टर केसीसँग वार्ता गर्न २४ घण्टे अल्टिमेटम दिएका उनीहरुले वार्ताको पहल नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । डाक्टर केसीलाई जतिबेला पनि समस्या आउन सक्ने उपचारमा संलग्न डाक्टरले बताउँदै आएका छन् । डाक्टर केसीको जीवन रक्षा र उहाँले उठाएका माग पूरा गर्न दबाब दिँदै आवासीय डाक्टरहरुले आन्दोलन घोषणा गरेका हुन् ।
डाक्टर केसीको जीवन रक्षा र उहाँले उठाएका माग पूरा गर्न दबाब दिँदै आवासीय डाक्टरहरुले आन्दोलन घोषणा गरेका नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसनले जनाएको छ ।

गत भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनसन सुरु गर्नुभएको थियो । उहाँलाई पछि काठमाण्डौ ल्याइएको हो । हिजो युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन समेत गरेका थिए ।