Sunday, May 10News That Matters

डि.एल.इ परिक्षाका विद्यार्थीहरुलाई माक्स वितरण

गाईघाट/चैत्र, २

कोरोना भाईरसको त्रास र संक्रमणको सजकता अपनाउन भन्दै त्रियुगा नगरपालिकाले कक्षा ८ का जिल्ला स्थरीय परिक्षा (डि.एल.इ) दिने विद्यार्थीहरुलाई माक्स वितरण गरेको छ । त्रियुगा नगरपालिका भरिका ६४ ओटा विद्यालयहरुमा माक्स वितरण गरेको हो । १६ ओटै वडाहरुको विद्यालयहरुमा माक्स वितरण गरिएको छ ।

१४ ओटा परिक्षा सेन्टर रहेको विद्यालयहरुमा त्रियुगा मावि गाईघाटमा मेयर वलदेभ चौधरीले माक्श वितरण गुर्नभको थियो । भने अन्य विद्यालयहरुमा वडाका वडाअध्यहरुले माक्स वितरण गर्नुभयो । त्रियुगा नगरपालिका वडा नं १३ मा वडाअध्यक्ष पशुपति चौधरीले माक्स वितरण सँगै परिक्षा अनुगमन समेत गर्नुभयो । लक्ष्मिपुर माविमा २२८ ओटा माक्स वितराण गरिएको छ ।

भाईरसको संक्रमण बाट सजग हुदै परिक्षामा कुनै डर त्रासको समस्या नहोस भन्दै नगरपालिकाले विद्यार्थीहरुलाई माक्स वितराण गरेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो ।

फोटो फिचर