Saturday, June 27News That Matters

डिएगो म्याराडोनाको श्रदाञ्जली स्मृतिमा एक दिने मैत्रिपूर्ण खेल

 पूर्णपुष्टि, मंसिर १३

विश्वकै प्रभावशाली खेलाडी तथा विश्व फुटवलका हस्ती डिएगो म्याराडोनाको श्रदाञ्जली स्वरुप गाईघाटमा एक दिने मैत्रिपूर्ण खेल भएको छ ।

शनिवार गाईघाटको थारुहट रंगशालामा श्रदाञ्जली कार्यक्रम सँगै खेलको आयोजना गरिएको थियो । त्रियुगा नगरपालिकाको सहयोग र जिल्ला फुटवल संघ उदयपुरको आयोजनामा श्रदाञ्जली सँगै खेल भएको हो ।

कटारी नगरपालिकाको पूर्व खेलाडी ३५ बर्ष माथिका र गाईघाटका पूर्व खेलाडी ३५ बर्ष माथिका बिच खेल भएको थियो ।

खेलमा गाईघाटको तर्फबाट ५ गोल भएको थियो भने, कटारीको तर्फबाट ३ गोल भएको थियो ।