
पूर्णपुष्टि, जेष्ठ १९
उदयपुरकी एक महिला सहित २ जनाको डिस्कोले पुरिएर बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको बेलका नगरपालिका ८ की ३५ बर्षिया सिता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ रहेका छन् ।
उनिहरुको काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधबार पर्खाल लगाउने क्रममा ढिस्को खस्दा मृत्यु भएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी मोहन खाँणले बताए ।
पर्खालले थिचेर उदयपुर कटारी घर भएका २१ वर्षका मिलन तामाङ र धादिङ गल्छी गाउँपालिका घर भएका १८ वर्षिय हरि घले गम्भीर घाइते छन् ।
