
झापा, साउन २६ गते ।
झापाको भद्रपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका – १० निबासी बासुदेव जोगीको छोरा १२ वर्षीय सुमन जोगीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
दिउँसो १ बजे घरबाट बाहिर निस्केका सुमन घर नआएपछि खोजतलास गर्ने क्रममा रात साँढे ८ बजे विष्णु कन्ट्रक्सनको माछा पोखरीमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनसाथ घटना स्थल पुगी पोष्टमार्टमको लागि शव मेची अञ्चल अस्पताल पठाएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
