
भदौ २७ गते ।
देशै भर डेँगुको संक्रमण फैलि रहेको छ । जताततै जहित तहि र हस्पिटलका बेड डेँगुका विरामीले भरिएको छ । तर समयमै उपचार गरे डेंगु ठिक हुने भएकाले अतालिनु पर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन् ।
डेंगुको लक्षण
१. एक्कासी धेरै ज्वरो आउनु
२. निरन्तर हप्ता दिनसम्म ज्वरो आउनु
३. धेरै टाउको दुख्नु
४. आँखाको दाना निस्कने गरी दुख्नु
५. जोर्नीहरु दुख्नु
६. शरीरमा बिमिरा आउनु
डेंगुबाट बच्ने उपाय
१. लामखुट्टेको टोकाईबाट बच्नुपर्छ
२. पानी जम्ने भाँडाहरु गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर लगायतका वस्तु नष्ट गर्ने ।
३. पानीका ट्याङ्कीको ढकन राम्रोसँग लगाउने जुन लामखुट्टे प्रवेश गर्न नसकोस
४. कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने र जमेको पानी सफा गन
५. फुलदानीको पानी हप्तामा दुई पटक फेर्नु पर्ने
६. एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ
७. दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ
८. साना केटा केटीलाई जति बेलापनि झुलभित्र सुताउनु पर्छ
९. लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ
१०. घरका झ्याल ढोकामा जाली लगाउनु पर्दछ
११. घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने
