Sunday, May 17News That Matters

डेड किलो सुन सहित विमान स्थलबाट ५ जना पक्राउ

पूर्णपुष्टि, बैशाख २०

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज ५ जनालाई डेड किलो सुन सहित पक्राउ गरेको छ । स्पिकर भित्र लुकाई छिपाई तस्करीको प्रयासमा रहेको ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् ।

विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

‘खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल गौतमले जानकारी दिनुभयो, ‘एउटामा डेढ सयदेखि दुुई सय ग्रामसम्म सुन राखेको पाइएको छ ।’