
पूर्णपुष्टि,कार्तिक २५
डोटीमा मोटरसाइकलको ठक्करले एक महिलाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया वृद्धा टिकेश्वरी विकको मृत्यु भएको हो ।

पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से ५ प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी वृद्धालाई दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

मोटरसाइकल घटनास्थलमै छाडी चालक भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल नियन्त्रणमा लिएको र फरार चालकको खोजी भइरहेकोे छ ।

