Thursday, May 28News That Matters

ढुङगाले लागेर १ जना कामदारको मृत्यु

पाँचथर, चैत्र ३० गते ।

पाँचथरको तुम्मेवा गाउँपालिका–५ हाङबुङमा निर्माणाधिन अवस्थामा रहेको पुलमा काम गर्दै आएका एक कामदारको ढुङगाले लागेर मृत्यु भएको  छ । भारतको सिपोल जिल्ला शंकरापुर गाउँ पञ्चायत घर भई पुलमा काम गर्दै आएका २४ बर्षीय नजिबुल महोमदको ढुङगाले लागेर मृत्यु भएको हो ।

काम सकेर खोला नजिकै सुत्नको लागी बनाएको टेन्ट भित्र सुतिरहेको अबस्थामा बिहान करिव ३ बजे भिर माथीबाट एक्कासी ढुङगा झरेर लाग्दा महोमदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको जिप्रका पाँचथरले जनाएको छ ।