
पूर्णपुष्टि, चैत १६ ।
ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङलाई प्रहरीले पक्राउ गरको हो ।
चिरपट र ढुङ्गा प्रहार गरी ४४ वर्षीया श्रीमती सुकुमाया तामाङको उनले हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
