
पूर्णपुष्टि, भदौ २०
बाग्लुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा गत बुधबार रातिको बाढी र पहिरोमा परी हराइरहेका २४ मध्ये थप एक जना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोज्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
फेला परेको शवको उमेर अन्दाज गर्न समेत कठिन भएको प्रहरीले जनाएको छ । पहिरोमा २३ जना अझै हराइरहेको प्रहरीले जनाएको छ ।
हराएकामा १५ दिने शिशुदेखि वृद्धसमेत रहेको प्रहरीले जनाएको छ । मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ । एक जनाको शव सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएकोछ ।
भुजीखोलामा फेला परेको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ । प्रहरीले हराएकाहरुको खोजी जारी राखेको छ । आज पनि बिहानदेखि खोजी सुरु भएको छ ।
