Tuesday, April 21News That Matters

तत्काल देश लकडाउन हुदैन : मन्त्री खतिवडा

पूर्णपुष्टि, साउन २२

सरकारले तत्काल देश लकडाउन गर्ने कुनै योजना नबनाएको जनाएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सङ्क्रमण कम देखिएको ठाउँमा क्रमशः खुकुलो पार्दै लैजाने र सङ्क्रमण बढी देखिएको ठाउँमा केही प्रतिबन्ध रहने बताउनुभयो ।

मन्त्री खतिवडाले भन्नुभयो, ‘अहिलेलाई सरकारले जे निर्णय गरेको छ, त्यति नै बुझौँ । चैत १० गते रातिदेखि लकडाउन जारी भएको थियो । त्यो विधिबाट जानेतर्फ अहिले सरकारले नसोचेको बताउनुभयो ।

आवश्यक परे पालिका र स्थानीय प्रशासनले पनि यो कदम चाल्न सक्छ । यहीअनुसार दुई दर्जनभन्दा बढी ठाउँमा कुनै न कुनै रुपको लकडाउन भएको छ ।

लकडाउन भइहाल्ने हो कि भनेर नआत्तिन तर संयममता भने अपनाउन मन्त्री खतिवडाले बताउनुभयो । उहाँले आफू सङ्क्रमित हुन्छु कि, मबाट अरु सङ्क्रमित हुन्छन् कि भनेर ध्यान पु¥याउन अपिल गर्नुभयो ।