Saturday, May 2News That Matters

ताप्ली गाउँपालिकाले ल्यायो कृषि एम्वुलेन्स, कृषकहरुको उत्पादन सहजै बजार सम्म पुराउन सकिने

पूर्णपुष्टि, ११ साउन ।

उदयपुरको ताप्ली गाउँपालिकाले खरिद गरेको दुई ओटा कृषी एम्वुलेस पालिकामा ल्याईएको छ । कृषहरुले उत्पादन गरेको कृष सामाग्रीहरुलाई सहज र सरल तरिकाले बजार सम्म पुराउन यस कृषी एम्वुलेन्सले सहयोग गर्ने पालिकाले जनाएको छ । कृषी एम्वुलेस्बाट पालिकामा उत्पादन गर्ने कृषकहरुले सहज सुल्कमा बजार सम्म उत्पादन पुराउन सक्ने पालिकाको भनाई छ । कृषकले उत्पादन गर्दै आएका खाद्यन्न, फलफुल तथा तरकारीहरु अनेकौँ सवारीहरुमा हैरानी पूर्वक झार्नु पर्ने अवस्था अब हटेको पालिकाले जनाए ।

कृषकहरुलाई प्रोत्साहन गर्न र उनिहरुको उत्पादनमा सहज बनाई पालिकाभित्र कृषी क्षेत्रको विकास गर्न कृषि एम्वुलेन्स खरिद गरेको पालिका अध्यक्ष ढुँगराज बिकले जनाए । उनले उत्पादन मात्रै गरेर कृषिमा विकास नहुने त्यसका लागि सडकर र साधनको अत्यावश्यक रहेको भन्दै कृषकहरुको उत्पादन सहज सुल्कमा पालिकाले नै बजार सम्म पुराउने उदेश्य राखेको जनाए ।