
पूर्णपुष्टि, जेष्ठ १
ताप्लीमा अध्यक्ष पदका लागि केहि तल माथी मात्र मतको अन्तर हुँदै गर्दा उपाध्यक्षका लागि भने जित सुनिश्चित बनिसकेको छ । कांग्रेसबाट गठबन्धनकी धना मगरले दोब्बर मत ल्याउँदै जित्ने निश्चित बनाईसकेको छ । एउटा मात्रै वडाको १२ सय मत गन्न बाँकी रहँदै मगरले जितको मत प्राप्त गरिसकेकी छिन् । मगरले २१५५ मत प्राप्त गर्दै १२ सय बढीले प्रतिद्धन्दीलाई उछिन्ने काम गरेकी छिन् । यता एमाले बाट उम्मेदवार दिएकी मान कुमारी थापालाई भने ८६६ मत प्राप्त भएको छ । सुरु बाटै अग्रता कायम गरेकी मगरले सबै भन्दा अग्र स्थानमा रहेर मत पाईरहेकी छिन् । एमाले उपाध्यक्षका उम्मेदवारी थापा पूर्व पालिका अध्यक्ष उद्धव सिंह थापाको पत्नी समेत हुन् ।
