Tuesday, June 2News That Matters

ताप्लीमा गठबन्धनले मत बढायो

पूर्णपुष्टि, जेष्ठ २
पताप्ली गाउँपालिकामा पछिल्लो समय गठबन्धनले मत बढाएको छ । एमालेका बाबुरामलाई पछ्याउँदै गठबन्धनबाट माओवादीका ढुंगराज बिकले पछिल्लो समय मत बढाएर १३६२ पुराएको छ । हिजो सम्म दोब्रले पछाडी परेका बिकले आज भने प्रतद्धन्दीको नजिक पुगेको छ । यता एमालेका बाबुराम राईले १४४२ मत ल्याएर अग्रस्थानमा छ । उपमेयरमा नेपाली कांग्रेसकी धना मगरलाई कुनै पनि प्रतिस्पर्धीले नभ्याउने भएको छ । मगरको हाल सम्म २१५५ मत रहेको छ भने एमालेकी मान कुमारी थापाको ८६६ मात्र रहेको छ । मगरले उपाध्यक्षका लागि जित सुरक्षित गरिसकेको छ । अब ५ नं वडा रुपाटारको मात्र १२ सय मत गन्न बाँकी रहेको छ ।