Wednesday, June 10News That Matters

ताप्लेजुङमा भीषण आगलागी

पूर्णपुष्टि, फागुन १८ 

ताप्लेजुङको दोभानेमा भीषण आगलागी भएको छ । दोस्रो ठूलो बजार दोभानमा भीषण आगलागीबाट अहिलेसम्ममा पाँच घर जलेर नष्ट भएको छ ।

आगो निभाउने प्रयास भए पनि तत्काललाई नियन्त्रणमा आउने सम्भावना कम छ । बिहान आठ बजेदेखि आगलागी हुन सुरु भएको प्रहरीले जनाएको छ ।

मेरिङ गाउँपालिका– ३ पर्ने दोभान बजारमा १ सय ५० घर रहेका छन् ।