
पूर्णपुष्टि, भदौ २० ।
नेपाली हिन्दु महिलाहरुको हरितपर्व हरितालिका तीजको अवसरमा त्रियुगा नगरपालिका वडा नं. १३ ले तीजविशेष कार्यक्रम सम्पन्न गरेको छ । आप्mना वडाभरीका आमा, दिदीवहिनीहरुका लागि तीजविशेष कार्यक्रम आयोजना भएको वडाध्यक्ष पशुपती चौधरीले बताउनुभयो ।
तीजको शुभकामना, नाँचगान तथा दर खाने कार्यक्रम भएको वडासचिव भीमा राईले बताउनुभयो । महिला वडाध्यक्ष रहेको सो वडा कार्यालय महिलामैत्री कार्यालय हो । वडासचिवदेखि सबै कर्मचारी महिला नै रहेका छन् । महिलामैत्री वडाको नाताले पनि सो वडामा तीज विशेष कार्यक्रम विशेष बनेको उहाँले बताउनुभयो । गतवर्ष कोरोना महामारीको कारण तीज मनाउन नपाए पनि यो वर्ष स्वास्थ्य मापदण्ड अपनाउदै मनाइएको हो ।
वडाबासी महिलाहरुको ब्यापाक सहभागिता रहेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि १ नं. प्रदेश सांसद सुनिताकुमारी चौधरीले गर्नुभयो । वहाँले सबै महिलाहरुलाई सुख, शान्ति र समृद्धिको शुभकामना ब्यक्त गर्नुभयो । वडा सदस्यहरु, शिक्षक, समाजेसेवी महिलाहरुले पनि शुभकामना राख्नुभयो ।
वडाध्यक्ष चौधरीले एक दिन भएपनि दिदी वहिनीहरुसंग रमाईलो भेटघाट होस्, खुसीले आराम गर्ने अवसर मिलोस्, एक आपसमा शुभकामना आदानप्रदान गर्ने अवसर मिलोस् भन्ने हेतुले कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा सहभागि महिलाहरुले खुसी ब्यक्त गरे । वडा कै आयोजनामा तीज मनाउन पाएको भन्दै यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।
तस्विरहरु :


