
पुर्णपुष्टि,फागुन २ । विराटनगरमा सञ्चालित तुलसी बहुमुखी सहकारीका केही सञ्चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीविरुद्ध बचतकर्ताहरुको प्रदर्शनका कारण स्थित तनाबग्रस्त बनेपछी सहकारीका सञ्चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत सोमबार राति अवेरसम्म रकम फिर्ता नगरि सञ्चालकहरु नेपालबाटै फरार हुन खोजेको सूचना पाएको भन्दै आक्रोशित बचतकर्ताहरु सहकारी घेराउ गर्दा स्थिती तनाबग्रस्त भएको थियो । सहकारीका केही सञ्चालकलाई नियन्त्रणमा लिएपछि अहिले सहकारी अगाडीको स्थित सामान्य बनेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक दिपक पोखरेलले बताए । उनका अनुसार अहिले उक्त ठाउँको स्थिती सामान्य भइसकेको बताए ।
यता सहकारीकी सचिव सविना न्यौपानेले आफूहरुमाथि लगाइएको आरोप गलत भएको बताएकी छिन् । ’उनले भनिन्,‘हामीले कसैको पैसा जबरजस्ती ल्याउने कुरा आउँदैन । ‘हामी कतै जाने भए यहाँ आएर अहिले यसरी बोलेर बसिदैन थियो होला । बैंकहरुले पनि नदिएको ब्याज हामीले दिएको हुनाले उहाँहरुले जम्मा गर्नुभएको हो । आफ्नो तरलता मेन्टेन गरेर व्यापारमा लगानी गर्दा हामीले उत्पादन गरेका र चामल, चिउरालगायत डिपार्टमेन्ट स्टोरहरुको बिक्रि कम हुन जाँदाखेरी हामीले यो समस्या फेस गर्नुपर्ने आवश्यकता पनि थिएन ।
उनले १५ दिन अघि सहकारी सामान्य अवस्थामा चलिरहेपनि गलत प्रचारप्रसार भएका कारण समस्या देखिएको बताइन् । सचिव न्यौपानले सहकारीले कुनै पनि बचतकर्ताको रकम शेयरमा परिणत नगरेको समेत दावी गरिन् । ‘बचतकर्ताको रकम शेयरमा परिणत गरिदिए भन्नेकुरा गलत हरको बताएन् ।
यसैबिच प्रहरीले सहकारीका केही सञ्चालकलाई नियन्त्रणमा लिएको छ । ‘उहाँहरुलाई सुरक्षा थ्रेट भएका कारण ल्याइएको हो । जाहेरी परेको खण्डमा पक्राउ गरेर कारबाही प्रकृया अगाडी बढ्छ ।’ उनले भने,‘अहिले औनौपचारीक छानविन र अनुसन्धान जारी छ ।’ उनले नियन्त्रणमा लिइएका सञ्चालकबारे भने पछि जानकारी दिने बताए ।
