Wednesday, May 27News That Matters

तेस्रो मेयर कप फुटबल प्रतियोगीता सुरु

जयराम पूर्वछाने मगर
बेलाका/माघ ७ गते ।

उदयपुरको बेलका नगरपालिकामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । बेनपा–४ को सुनाखरि क्लव मैदानमा मंगलबारदेखि सुरु भएको प्रतियोगीता आगामी १३ गतेसम्म सैचलान हुने हो ।

बेलका नगरपालिका युवा तथा खेलकुद विकास समितिकि अध्यक्ष सीता राई र नगरका कार्यवाहक मेयर ८  नम्बरका वडा अध्यक्ष जयकुमार राईले संयुक्त रुपमा प्रतियोगीताको उद्घाटन गरेको थियो ।

बेनपा–५  र ८ नम्बर वडा विचको उद्घाटन खेलमा ५ नम्बर वडाले जित हात पारेको छ । निर्धारीत समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राई बेकरमा गएको थियो । ८ नम्बरलाई ट्राई ब्रेकरमा ४–५ गोलले पछि पार्दै जित हात पारेको हो ।

बेनपा–८ का वडाध्यक्ष तथा नगरका कार्यवाहक मेयर राईले खेलकुदले व्यक्तिका शारिरिक र मानसिक अवस्थामा सन्तुलन गर्ने बताएका छन् । त्यस्तै बेनपा–४ का वडाध्यक्ष दिपक दङगालले युवामा खेलकुद प्रती मोह दिनानु दिन बढि रहेको बताएका छन् ।

नगर प्रमुख थापाले सबै खेलाडिलाई सन्देश मार्फत सफलताको शुभकामना व्यक्त गरेका छन् । बेलका नगरपालिकाको सहयोगमा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना र सुनाखरि क्लवको सहआयोजनामा प्रतियोगीता सञ्चालन भएको थियो ।

उक्त प्रतियोगीतामा नगरका ९ वटै वडाले सहभागिता जनाएको छ । प्रतियोगतिामा सहआयोजकको १ टिम गरि १० टिमले सहभागिता जनाएको छ । तेस्रो मेयर कपको विजेता तथा उपविजेतालाई नगद ३५ हजार, २५ हजार रुपैयाँको सथा शिल, मेडल र प्रमाण पत्रले सम्मान गर्ने आयोजकले जनाएको छ ।

बुधबार वडा नम्बर १ र ९ विच प्रतिस्प्रधा हुने भएको  आयोजकले जनाएको छ ।

फोटो फिचर