Tuesday, June 9News That Matters

तेस्रो लहरको कोरोना संक्रमण फैलन नदिन प्रशासनको निशेधाज्ञ : अबदेखि विहान १० देखि ५ बजेसम्म मात्र बजार, पसल खुल्ने

पूर्णपुष्टि, साउन २५ । 

तेस्राे लहरकाे काेराेना संक्रमणप्रति चिन्ता बढेकाे छ । हाल जिल्लामा संक्रमण नियन्त्रणकाे साटाे संक्रमण बढ्दाे रहेपछि प्रशासनले निशेधाज्ञ जारी गरेकाे छ ।

भोलीदेखि बजार, पसलहरु विहान १० : ०० देखि ५ : ०० बजेसम्ममात्र खुल्न पाउने भएको छ । तरकारी, दुधजन्य, मासुजन्य पसलहरु भने विहान ७ : ०० बजेदेखि बेलुका ७ : ०० बजेसम्म खुल्न पाउनेछ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले साउन २५ गते राती १२ : ०० बजेदेखि साउन ३२ गते राती १२ : ०० बजेसम्म लागु हुनेगरी निशेधाज्ञ आदेश जारी गर्दै तोकिएको समय भन्दा बाहेकमा बजार, पसल खोल्न नपाउने जनाएको छ ।

सार्बजनिक सवारी साधनहरु सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन दिइएको छ । मापदण्डहरुमा कुल सिट क्षमता भन्दा बढि यात्रु नराख्ने, सबै यात्रु तथा चालक, सहचालकले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, चालक र सहचालकले भाइजर र पञ्जा पनि प्रयोग गर्नुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको ब्यवस्था हुनुपर्ने र अनिवार्यरुपमा दैनिकरुपले सवारी साधन निसंक्रमित गर्नुपर्नेछ ।

जिल्ला स्थित सबै सरकारी कार्यालय, संस्थान, बैंक तथा वित्तिय संस्थाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरी सबै प्रकारको सेवा प्रदान गर्नेगरी खुल्ला नै गरिएको छ ।

जिल्ला वाहिर जाने सवारी साधनको हकमा गन्तब्य जिल्लाको आदेश अनुसार जोर, विजोर वा सबै हुने, खाना, खाजा खुवाउने होटल तथा रेस्टुरेण्टहरु विहान ७ : ०० बजेदेखि बेलुका ७ : ०० बजेसम्म खुल्ला गरिएको छ । बास बस्ने होटल, लज कुल बेड संख्याको आधा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्न पाउनेछ । दैनिकरुपमा बेडहरु भने निसंक्रमित अनिवार्य रुपले गर्नुपर्नेछ ।

केही क्षेत्रहरु भने प्रशासनले पूर्ण बन्द गराएको छ । सार्बजनिक खेलकुद, नाच, मेला, जात्रा, महोत्सव, भोजभतेर र होटबजार तथा भिडभाड हुने कार्यक्रमहरु बन्द गरिएको छन् । विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, मन्दिर, चैत्य, विहार, चर्च आदिमा सामुहिक भेला हुन र बस्न पाउनेछैन । सभा, गोष्ठि, तालिम, सेमिनार, जुलुस, प्रदर्शन गर्न पाउनेछैन । त्यस्तै स्विमिङपुल, जिमखाना, सिनेमा हल, पार्टी प्लालेश, सैलुन, ब्युटिपार्लरहरु बन्द गरिएका छन् । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र सन्चालन गर्न पाउनेछैन ।

सर्बसाधारण आवतजावतको हकमा

सर्बसाधारण घरबाट बाहिर निस्कदा दुई ब्यक्तिबीच कम्तिमा २ मिटरको भौतिक दुरी राख्ने, अनिवार्य मास्क प्रयोग गर्ने, पटक पटक साबुनपानीले हातधुने वा सेनिटाइजर प्रयोग गर्ने र कोभिड विरुद्धको खोप सन्चालनको अवस्थामा सहभागि हुने भनिएको छ ।

सबै स्थानीय तहहरुलाई एन्टिजेन परिक्षणको दायरा बढाउन, संक्रमण फैलिएको आशंका भएमा जिल्ला स्थित कोरोना संक्रमण नियन्त्रण समितिसंग समन्वय गरी निशेधाज्ञ तोक्ने भनिएको छ ।

कोभिड संक्रमण बढिरहेकोले सबै स्थानीय तहहरुले माइकिङ जस्ता प्रचार प्रसारको काम गर्ने, जनचेतनामुलक प्रचार प्रसार बढाउने, खोप कार्यक्रमलाई प्रभावकारी बनाउन कोपकेन्द्रहरु ब्यवस्थित बनाउने भनिएको छ ।