
पूर्णपुष्टि, असोज २६ ।
उदयपुरको त्रियुगा नगरपालिका अन्तर्गतको एक सामुदायिक वन समुहका उपभोक्ताहरुले समितिले चित्तबुभ्mदा काम नगरेको भन्दै ब्यापक गुनासो गरेका छन् ।
त्रिनपा ३ र वडा नं. १२ को स्वमित्वमा रहेको त्रिदेवी साबउसका उपभोक्ताहरुले यसरी गुनासो गरेका हुन् । आज सम्पन्न समुहको १० औं वार्षिक साधारणसभामा उपभोक्ताहरुले समुहले प्रभावकारी काम गर्न नसकेको, वनको सुरक्षा र समुहको आम्दानीको सदुपयोग गर्न नसकेको आरोप समेत लगाएका थिए ।
समुहले आयतर्फका ४ लाख ३४ हजार देखाए पनि उपभोक्ताहरुले चित्त बुझाएका छैनन् । वन पदाधिकारीकै मिलेमतोमा चोरीनिकासी हुने गरेको आरोप समेत उपभोक्ताहरुले लगाएका छन् । पक्राउ परेका काठहरु पनि समितिले हिनामिना गरेको आरोप लगाए । उपभोक्ताहरुले ब्यापक गुनासो गर्दै सम्बन्धीत निकायसंग छानविन र कारवाहीको माग गरेको एक उपभोक्ताले बताए ।
