Friday, May 1News That Matters

त्रिनपा १५ कां वडाअध्यक्ष तिमिल्सिनालाई पत्नी सोक

पूर्णपुष्टि, साउन ४
त्रियुगा नगरपालिका वडा नं १५ का वडाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई पत्नी सोक परेको छ । मुटु रोगले पिडित पत्नी सिता तिमिल्सिना (वास्तोला) को काठमाण्डौँ काठमाण्डौँ शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको परिवारले जनाएको छ ।

गत आईतवार हस्पिटल भर्ना गरेका उनिको मंगलवार मात्रै शल्यक्रिया गरिएका थिए । तर शल्यक्रिया पश्चात पनि उपचार सफल नहुँदा हस्टिलमै उनीको निधन भएको परिवारको भनाई छ । अहिले शव घर ल्याउने काम भैरहेको स्थानीयले जनाएको छ । तिमिल्सिना १५ नं वडाका तत्कालै नवनिर्वाचित वडाअध्यक्ष हुन् । उनले श्रीमती उपचारका लागि काठमाण्डौँ पुराएका थिए । तिमिल्सिनाको १ छोरा र २ छोरीहरु छन् ।