Tuesday, June 23News That Matters

त्रिनपा १६ नं. वडा कार्यालयको भवन सिलान्यास

पूर्णपुष्टि, जेठ २९ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १६ को वडा कार्यालय भवनको सिलान्यास एक कार्यक्रमकाबीच विहिबार भएको छ ।

भवनको सिलान्यास जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियार, उपप्रमुख गंगा राई र वडाध्यक्ष मानबहादुर राईले संयुक्तरुपमा गर्नुभयो । वडाको जाल्पाचिलाउने स्थित हालको वडा कार्यालय छेउको खाली जग्गामा भवन निर्माण गर्नेगरी सिलान्यास गरिएको हो । भवनको सिलान्याससंगै निर्माण कार्य पनि तिब्रतररुपमा थालिएको वडाध्यक्ष मानबहादुर राईले बताउनुभयो ।

डेड करोड स्टिमेट रहेको तीनतले भवनको आधारभूत कामका लागि जिल्ला समन्वय समितिले १५ लाख रुपैया विनियोजन गरेको छ । सोही बजेटबाट भवनको बेसको कामहरु सम्पन्न गर्ने गरी काम तिब्ररुपमा थालिएकोछ । लकडाउनको पालना तथा कोरोना संक्रमणको सतर्कतासमेतलाई ध्यानमा राख्दै स्थानीय कामदारहरुबाट निर्माणको काम थालिएको वडासदस्य एवम् कार्यपालिका सदस्य गोमा कार्कीले बताउनुभयो ।

भवनको सिलान्यास गर्दै समन्वय प्रमुख परियारले वडाको भवन निर्माणपछि प्रभावकारी कार्य सम्पादन हुने बताउनुभयो । उहाँले वडाध्यक्षको सक्रियता र पहलबाट सिलान्यास भएको भवन कार्यकालभित्र नै निर्माण सम्पन्न हुने आशा ब्यक्त गर्नुभयो । आप्mनो तर्फबाट आगामी दिनमा थप सहयोग रहने बताउनुभयो । उपप्रमुख गंगा राईले स्थानीय सरकारको कारण पहिलेको वडा र अहिलेको वडामा धेरै फरक पाएको बताउनुभयो ।

वडाध्यक्ष राईले बहुवर्षिय योजनाको रुपमा अगाडी बढाई भवनको निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो । आवश्यक सहयोगहरुसमेत जुटाउनतर्फ लाग्दै वडाले विशेष प्राथमिकतामा भवन निर्माणको कामलाई अगाडी सार्ने बताउनुभयो । भवन वडाबासीको सान र मानको विषय भएकाले पूर्ण गुणस्तरीय र पारदर्शी ढंगले निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो ।

कार्यक्रममा वडासदस्यहरु, स्थानीय राजनीतिक दलका नेताहरु, नागरिक समाज, सामुदायिक वन, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्बसाधारणहरुको सहभागिता थियो । वडामा वडाकार्यालय भवन निर्माण हुने भएपछि वडाबासीले खुसी ब्यक्त गरेका छन् ।

तस्विरहरू :