Tuesday, July 7News That Matters

त्रिनपा १६ नं वडाले आफ्नै भवनबाट सेवा सुरु गर्यो

पूर्णपुष्टि, पुष १५
त्रियुगा नगरपालिका वडा नं १६ ले आफ्नै भवनबाट जनतालाई सेवा प्रदान गर्न सुरु गरेको छ । नगर भित्रकै बिकट वडाको रुपमा परिचित उक्त वडाले आफ्नै भवनबाट सेवा सुरु गरेको हो । बिहिबार नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गर्दै सेवा सुरु गरिएको हो । मान वहादुर राई वडाअध्यक्ष रहेको उक्त वडामा सुविधा सम्पन्न भवन निर्माण भएको छ । राईको यो दोस्रो कार्यकाल हो । राईले ७४ सालमा पनि वडाको नेतृत्व गरेका थिए । राईको पहिलो कार्यकाल पनि सुखद रहनुका साथै दोस्रो कार्याकाल पनि विकासमुखी काममका साथ अगाडी बढीरहेको छ । राईले वडामा थुप्रै काम कार्वाही पुरानै भाडाको भवनहरुबाट पुरा गरे । असहज र अव्यवस्थित पुरानै भवनहरुबाट सेवा गर्दै आएका उक्त वडाले अव भने व्यवस्थित कार्यालय पाएको छ ।

अध्यक्ष राईले अब यस भवनबाट जनतालाई चुस्तदुरुष्त सेवा दिने कुरामा आफुहरुलाई सहज भएको जनाए । उनले वडाको आफ्नै भवन नहुँदाको अवस्थामा जनतालाई सेवा गर्दा पिडादायीक समस्याहरु भोग्नु परेको सुनाउँदै अब भने सहज भएको जनाए । राईका अनुसार पहिले साविक चिलाउने गाविसको जिर्ण भवनबाट वडावासीहरुलाई सेवा प्रदान गर्दै आएको जनाए । त्यहाँको भवन पूर्ण रुपमले जिर्ण अवस्थामा रहनुका साथै व्यवस्थित नरहेको राईको भनाई छ । वडा कार्यालयलाई चाहिने मापदण्ड अनुसारको कार्यालाय नहुँदा कर्मचारी तथा जनप्रतिनिधिहरुलाई समस्या थियो । साथै सेवा लिन आउने जनताहरुलाई पनि सेवा लिन समस्यै थियो । अव अहिले सेवा दिने कुरालाई सहज बनाईएको छ । नवनिर्मित नयाँ भवनको २०७८÷३÷११ मा सम्झौता भई २०७९÷३÷ १५ मा सकाउने गरी ग्लान इन्फाटेक सर्वेईङ् एण्ड ईन्जिनियरिङ् कन्ट्रक्सन प्रा.लि. ले काम सुरु गरिएका थिए । कन्ट्रक्सनका संस्थापक श्याम गलानका अनुसार भवनको ठेक्का आफुहरुले पूर्ण प्रतिस्पर्धाका बिच लिएर सफल कार्य सम्पन्न गरेको जनाए ।

१६ नं वडाका अध्यक्ष मान वहादुर राई, नयाँ भवनको कार्यकक्षमा

चुस्तदुरुष्त र उत्कृष्ट भवन निर्माणका लागि कन्ट्रक्सनले पूर्ण प्रयास गरेको जनाए । गलानका अनुसार उक्त भवन निर्माणका लागि कन्ट्रक्सनले ३६ लाख ६४ हजार ६८१ मा भ्याट बाहेक सम्झौता गरी काम सुरु गरेका थिए । एक बर्षमा सिध्याउने गरी सुरु भएको काम बिचमा इन्धनको मुल्य आकाशिएका कारण समस्यामा परेको जनाए । आवश्यक सामाग्रीहरु सदरमुकाम गाईघाट बाट बिकट ठाउँ पुराउनु पर्ने हुँदा इन्धनले काममा असर पारेको जनाए । यन्धन बढेसँगै बजारमा निर्माण सामाग्रीहरु डण्डी, सिमेनटहरुको समेत भाउ बढ्नाले काम अवरोध भएको गलानको भनाई छ । इन्धन भाउ सहित सामानको भाउ घट्ने आसामा केही समय कुर्दा भवन निर्माणको काम केही समय भने ढिला भएको उनले जनाए । तर पछि पनि इन्धन मुल्य घट्नुका साटो तिव्र बढेपछि फेरी पून ः काम सुचारु गरिएका थिए । इन्धन घट्ने आशमै रोकिएको काम कन्ट्रक्सनले पछि फेरी ३ महिनाको म्याद थपी २०७९÷६÷२५ मा सम्पन्न गरी वडालाई बुझाएका थिए । भवन उद्घाटन कार्यक्रममा मेयर वसन्त वस्नेत, त्रियुगा नगरपालिकाका प्रशाशकीय अधिकृत मान वहादुर वन, बिभिन्न बिभागका कर्मचारीहरु सामाजिक विकास शाखा तथा सूचना अधिकारी विश्वजित राई, रोजगार शाखाकी निशा घले, पत्रकार मशेश्वर चाम्लीङ, वडाका जनप्रतिनिधि तथा स्थानीयहरुको उल्लेखीय उपस्थित रहेका थिए ।

मेयर बस्नेतले गरे भवनको उद्घाट

नवनिर्मित १६ नं वडा कार्यालयको नयाँ भवनको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेतले गरेका छन् । बस्नेतले उक्त भवनको बिहिबार रिबन काटेर, ब्यानर पढेर भव्य उद्घाटन गरेका हुन् । भवन उद्घाटन सँगै मेयर वस्नेतले त्यस ठाउँका वडावासी, जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद तथा बधाई ज्ञापन गरे । भवन उद्घाटन सँगै मेर वस्नेतले यस ठाउँमा विकासको सम्भावित क्षेत्रहरुको बारेमा कुराहरु राखे ।

यहाँको अर्गानिक उत्पादन स्वास्थ्य खानपिन, स्वच्छ शान्ति वातावरणलाई प्रयोग गरी विकास गर्न सकिने जनाए । यहाँ उत्पादित तर्कारीहरुले राम्रो बजार पाउँदा यहाँकै स्थानीयहरुलाई आर्थिक लाभ हुने बारे चर्चा गरे । उनले यस ठाउँ विकासका लागि सडक, खानेपानी, विद्युतलाई पनि पूर्ण प्राथामिकतामा राख्ने जनाए । करमगाछी देखी बेल्दोभान हुँदै वडा कार्यालयमा जोडिएको सडकलाई नगरले बजेट लगाउने कुरा समेत बताए । समग्र विकासमा १६ नं वडालाई नगरपालिकाले सँधै प्राथामिकतामा राख्ने पनि उनले जनाए । उनले विकासका लागि सहयोग एकै पटक गर्न नसकिने आफ्नो कार्यकल अबधिमा चरणबद्ध रुपमा भने गरिरहने जनाए ।

पुरानो वडा कार्यालयको भवन