
पूर्णपुष्टि, ७ जेष्ठ ।
त्रियुगा नगरपालिका वडा नं १६ सुकौरामा बालबिवाह न्युनिकरण सम्बन्धी ३ दिने तालिम आईतबार सम्पन्न भएको छ । बिहानी महिला सामुदायीक संस्था सुकौराको आयोजना तथा १६ नं वडाको आर्थिक सहयोग र ओरेक नेपालको सहकार्यमा तालिम सम्पन्न भएको हो । आर्थिक बर्ष २०७९र०८० को स्वीकृत वडागत बजेट तथा कार्यक्रबाट तालिममको आयोजना गरिएको समूहकी कार्यवाहक अध्यक्ष गंगा वस्नेतले जनाईन् । अध्यक्ष बस्नेतका अनुसार तालिममा २४ जना किशोरी महिलाहरुले सहभागिता जनाएका थिए ।
वडामा बढ्दो बालविवाह न्युनिकरण गरी बाल विवाह मुक्त वडा बनाउने महान अभियानमा सबै जोडिन र जोड्न यस तालिमले महवपूर्ण भुमिका खेल्ने वडाअध्यक्ष मान वहादुर राईले जनाए । यस कार्यमा सवैको प्रतिबद्धता र ऐक्यवद्धता रहेको समेत अध्यक्ष राईको भनाई छ । उनले तालिममा सहभागीहरुलाई तालिमले सिकाएको र बुझाएको कुरालाई ब्यवाहारमा समेत कार्यन्वयन गर्न अनुरोध गरे ।
यस्तै वडा सदस्य तथा समन्वय समितिका सदस्य समेत रहेकी गोमा कार्कीले वडामा बालबिवाह न्युनिकरका लागि विहानी महिला सामुदिायीक संस्थाले गरेको कामप्रति सकरात्मक प्रसंशा गरिन् । कार्कीले बालविवाह मुक्त वडा घोषणाका लागि उक्त समूहले थप सहयोग र साथ दिएको जनाईन् । । उनिले यस काम प्रति आफु खुसी र सन्तुष्टी भएको भन्दै समूहलाई धन्यवाद समेत व्यक्त गरिन् ।
यस बिहानी सामुदायीक समूहले बिगतका बर्षदेखीनै बालविवाह मुक्त वडा बनाउन साझेदारी तथा समन्वय गर्दै अगाडी बढेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तर राख्ने जनाईएको छ ।
तालिम समापनकै क्रममा सामाजिक रुपान्तरणका लागि किशोरी महिला समूह समेत निर्माण गरिएको छ । प्रतिमा राइको सयोजकत्वमा ९ सदस्यीय सामाजिक रुपान्तरणका लागि किशोरी महिला समूह गठन गरिएको हो । साथै बिहानी महिला सामुदायिक सस्था र ओरेक उदयपुरको सहकार्यमा सामुदायिक मनोविमर्श केन्द्रको उद्घघाटन समेत गरिएको छ । यसबाट स्थानीयस्तरमा मनोविमर्श सेवा प्रवाह गरिने जनाईको छ ।
उक्त तालिममा सहभागीहरुको तर्फबाट किशोरी समुहकी अध्यक्ष प्रतिमा राइले आफुले बाल विवाह नगर्ने र अरुलाई पनि बाल विवाह गर्न नदिने अठोट र प्रतिबद्धता जाहेर गरिन् । तालिको सहजीकरण ओरेक उदयपुरका हरिशरण धिताल र नविना दानीले गरेकी थिईन् । मनोविमर्श केन्द्रको उदघाटन वडा अध्यक्ष मानबहादुर राईले गरेका थिए ।




