Sunday, June 21News That Matters

त्रिनपा १६ सुकौरामा २६ जनाको एन्टिजेन्ट परिक्षण, १५ जनामा संक्रमण पुष्टि

पूर्णपुष्टि, जेष्ठ ४

त्रियुगा नगरपालिका १६ सुकौरा स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आज गरिएको एन्टिजेन्ट परिक्षणले १५ जनामा कोरोना पुष्टि देखाएको छ ।

वडामा केहि दिन अघि १५ जनामा संक्रमण पुष्टि भएपछि वडाले परिक्षको दायरा बढाएर गरेको परिक्षण बाट थप १५ जनामा संक्रमण पुष्टि भएको हो । गाउँमा उच्च ज्वरोको खबर पाएपछि १६ न वडाका वडा अध्यक्ष मानबहादुर राईले यस पहिले पनि वडाको बिभिन्न ठाउँ जाँते, बेल्दोभान, सरस्वती र तिनतले लगायतका स्थानहरुमा कोरोना परिक्षणको कार्य अघि बढाएका थिए । सो परिक्षण बाट १५ जना संक्रमितहरु फेला परेका थिए ।अध्यक्ष राईले आफ्नो वडामा ठुलो संख्यामा संक्रमण फैलिएपछि तत्कालै सम्यनता अपनाउँदै सम्बन्धित क्षेत्रहरुमा आवश्यक सहयोग बारे सल्लाह मागेका थिए । राईले अरु पनि वडामा ज्वरोको संकेत भएका धेरै मानिसहरु रहेको भन्दै सम्बन्धित ठाउँहरुलाई सिल गर्ने र परिक्षणको दायरा बढाउन माग राखेका थिए । सोहि पहल अन्तर्गत आज संक्रमण जोखिम व्यक्तिहरुलाई परिक्षण गरिएको अध्यक्ष मानवहादुर राईले बताउनुभयो ।