Sunday, June 28News That Matters

त्रिनपां १६ जाँतेमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

पूर्णपुष्टि, फागुन ५

त्रियुगा नगरपालिका वडा नं १६ बेल्दोभान जाँतेमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।

बुधबार नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश नं १ का सचिव सुरेश कुमार राई र त्रियुगा नगरपालिकाका मेयर तथा नेकपाका जिल्ला इन्चार्ज बलदेब चौधरीले संयुक्त रुपमा स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै संञ्चालनमा ल्याएको हो । हरेक नागरिको मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य क्षेत्रलाई ध्यानमा राखी वडाले वडावासीहरुलाई स्वास्थ्यमा पहँुच पुराउन वडाको जाँते बेल्दोभानमा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका केन्द्रीय सदस्य राईले भवन उद्घाटन गर्दैे स्थानीय सरकारको जिम्मेवारमा १६ नं वडा सफल भएको बताउनुभयो । हरेक मानिस स्वास्थ्य रहेमा राष्ट्र स्वाथ्य हुने भन्दै हरेक व्यक्ति, परिवार, टोल, वडा, पालिका गर्दै राष्ट्र सम्म स्वास्थ्यको पहँुचमा स्थानीय स्थरबाटै सुरु गर्नु पर्ने बताउनुभयो ।यसै गरी कार्यक्रमका बिषेश अतिथि मेयर चौधरीले १६ नं वडा अहिले नगरपालिका बनिसकेको बताउनुभयो । हिजो जाँते गाविस र चिलाउने गाविस भएको १६ नं वडा आज आएर नगरपालिका बन्न सफल भएको बताउनुभयो । अब पहिले जास्तो विकासी काममा पछि नपर्ने र यहाँको स्थानीयहरुको स्तरउन्नतीले गति लिने बताउनुभयो ।

स्वास्थ्य केन्द्र संञ्चालनमा आएपछि जाँते, बेल्दोभान, सिद्रे, डिहिटार, सरस्वती लगायतका स्थानीयहरुले प्रत्यक्ष र सहज रुपमा स्वास्थ्य उपचारमा सुविधा पाउने १६ नं वडाका अध्यक्ष मान वहादुर राईले बताउनुभयो ।

सेन्टरमा स्वास्थय भवनको अभावले धेरै स्थानीयहरुले सामान्य स्वास्थ्य उपचारको लागि पनि धेरै खर्चमा र टाढा उपचारको लागि जानु पर्ने समस्या थियो । तर अहिले स्थानीय स्थरमै स्वास्थ्य उपचार गर्न सक्ने स्वास्थ्य केन्द्र संञ्चालनमा आएको छ, अध्यक्ष राईले भन्नुभयो । स्थानीय सरकारको प्रमुख भुमिका र दायीत्वमा रहेको स्वास्थ्य क्षेत्र घोषणा पत्रको प्रमुख एक बुदा पुरा भएको उहाँले बताउनुभयो ।

राईले घोषणा पत्रमा भएका धेरै कामहरु भईसकेको र बाँकी कामहरु पनि तत्काल गर्ने प्रतबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष राईले घोषणा पत्रमा उल्लेख भए अनुसार वडामा शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युत, सिँचाई, पुल जस्ता अति आवश्यकीय विकासे कामहरु थुप्रै गरिसकेको र बाँकी रहेको काम पनि तत्कालै पुरा गर्ने बताउनुभयो ।